माघको पहिलो हप्तादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काेराेना खोपको तेस्रो मात्रा दिइने

 पुस २४, २०७८ शनिबार १५:३:४९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ । 

मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्तादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्तादेखि रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्रा खोप लगाउने जानकारी दिनुभयो । उहाँले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिन लागिएको बताउनुभयो । 

नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये  काेराेना सङ्क्रमण ८ दशमलव ४९ प्रतिशतमा देखिएको छ ।  हिजो मात्र १४ हजार ९ सय ७१ जनामा परीक्षण गर्दा ९ सय ६८ जनामा सङ्क्रमण देखिएको थियो । 

कोराेना खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन लागेको हो । हिजो मात्र २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यही पुस २० गते एक दिन मात्र गम्भीर प्रकृतिका रोग लागेका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप लगाएर स्थगित गरिएको थियो । मन्त्रालयले सबै नागरिकलाई कोराेना विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । 

मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया