पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात : कम्तीमा २२ जनाको ज्यान गयो

 पुष २५, २०७८ आइतबार ६:४२:२० | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा हिमपातका कारण कम्तीमा २२ जनाको ज्यान गएको छ । भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुमध्ये ६ जना बालबालिका रहेका छन् । पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षयताकै भारी हिमपात भएको हो । राजधानी इस्लामाबादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीको पहाडी सहर नजिकै फसेकाहरूको उद्धार गरिएको छ । हिमपातले सडक बन्द हुँदा हिउँ खेल्न पुगेका पर्यटक अलपत्र परेका थिए ।

सेनाले सडकमा जमेको हिउँ खाली गर्ने प्रयास गरिरहेको छ । हिमपातले प्रभावित केही क्षेत्रमा आपत्काल घोषणा गरिएको आन्तरिकमन्त्री शेख रसिदले जानकारी दिनुभएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गरी आफू निक्कै मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

तस्बिर साभार : इन्डिया टुडे

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया