चार महिनामा १ अर्ब १७ कराेड रुपैयाँभन्दा धेरैकाे काजु र बदाम आयात

 पुस २५, २०७८ आइतबार १५:१६:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको काजु र बदाम आयात भएको छ ।

भन्सार विभागले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको तथ्याङ्कमा  एक अर्ब १७ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको काजु र बदाम आयात भएको पाइएको हो ।  विभिन्न जातका काजु  ६१ करोड ८४ लाख ३३ हजार रुपैयाँ  र ५५ करोड ९५ लाख २१ हजार रुपैयाँ बराबरको मधेसी बदाम आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।  

तथ्याङ्कमा दशैँ र तिहारलाई लक्षित गरी व्यापारीले काजु ६ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् । काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ ।

नेपालमा भारतबाट सबैभन्दा धेरै काजु आयात हुने गरेकाे छ । भारतबाट चालु आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार रुपैयाँमा चार लाख १७ हजार ४ सय ८४ केजी काजु आयात भएको देखिन्छ । सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा अमेरिकाबाट ५५ करोड ७६ लाख २९ हजार रुपैयाँमा नौ लाख नौ हजार ५ सय ६० केजी बदाम आयात भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया