रुसले भन्याे– ‘युक्रेन वार्तामा अमेरिकासँग कुनै सहयोग स्वीकार गर्दैनाैँ’

 पुस २५, २०७८ आइतबार १६:५८:४० | एजेन्सी
unn.prixa.net

मस्काे – रुसले युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै सहयोग स्वीकार नगर्ने बताएकाे छ ।  

रुसले आज आइतवार युक्रेन र युराेपकाे सुरक्षासम्बन्धी वार्तामा अमेरिकासँग कुनै सहुलियत–सहयाेग स्वीकार नगर्ने जनाउँदै अमेरिकी सङ्केतहरूबाट निराश रहेकाे बताएकाे हाे । 

‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौँ । त्यो पूर्णरूपमा बहिष्कृत छ’, रुसका उप-विदेशमन्त्री सर्गेई र्‍याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भन्नुभयाे, ‘हामी पछिल्ला केही दिनमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने सङ्केतहरूबाट निराश छौँ ।’ 

पछिल्ला केही दिनयता युक्रेनकाे विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेकाे छ । अमेरिकाले युक्रेनसँगकाे सीमामा सेना परिचालन गरेकाे रुसले थप आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिइरहेकाे छ तर रुसले त्यसलाई पटक–पटक अस्वीकार गर्दै आएकाे छ । रुसले आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।

यही विषयमा केही दिनअघि मात्रै दुई देशका राष्ट्रपतिबीच टेलिफाेन वार्ता भएकाे थियाे । वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिनुभएकाे थियाे । टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति जाे बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरूले निर्णायक जवाफ दिने बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया