सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्याे

 पुस २६, २०७८ सोमबार ११:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०७८

तपाईको प्रतिक्रिया