म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप ४ वर्षको जेल सजाय

 पुष २६, २०७८ सोमबार १४:९:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा हुनुहुन्छ । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको थियो । अहिले म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।  

सेनाले सञ्चालन गर्दै आएको अदालतले सुकीलाई अवैध रूपमा वाकी–टकी आयात र प्रयोग तथा कोरोना भाइरस महामारीपछि लागू भएका स्वास्थ्यका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको हो । तर सुकीले आफूमाथि लागेका आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया