मुस्ताङ र मुगुबाहेकका जिल्लामा कोरोना सङ्क्रमण

 पुस २७, २०७८ मंगलबार ७:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ।

एक हप्ताअघि सङ्क्रमणदर २ दशमलव ६ प्रतिशत रहेकोमा अहिले सङ्क्रमणदर १२ प्रतिशत नाघेको छ ।

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै छ ।

कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् । सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया