एमालेकाे प्रदेश अधिवेशन सर्‍याे

 पुस २७, २०७८ मंगलबार १५:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: माघ ४, २०७८

तपाईको प्रतिक्रिया