कोरोना सङक्रमण बढे पनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने

 पुस २८, २०७८ बुधबार ७:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् । 

पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको छ । 

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले केन्द्र सरकारलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे पूर्ण जानकारी रहेको तर तत्काल पुनः लकडाउन वा विद्यालय बन्द गर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्को लकडाउनको बोझ देशको अर्थतन्त्रले बोक्न नसक्ने उहाँको भनाइ छ । 

कोरोना भाइरसको सामना गर्न सरकारले स्वास्थ्य मापदण्ड र खोपमा जोड दिएको मन्त्री चौधरीले बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ । पाकिस्तान सरकारले खोपका लागि झण्डै दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया