भारतमा कोरोना सङ्क्रमण बढ्दो, एकैदिन १ लाख ९४ हजारमा सङ्क्रमण

 पुष २८, २०७८ बुधबार ११:४५:३७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार झण्डै १६ प्रतिशत अर्थात् २६ हजार ६ सय बढीको संख्यामा सङ्क्रमित थपिएका हुन् । यस्तै पछिल्लाे २४ घण्टामा भारतमा काेराेनाका कारण ४ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिले सक्रिय सङक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक सङ्क्रमणदर ११ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि फैलँदै गएको छ । 

संक्रमितमध्ये ४ हजार ८६८ जनामा ओमिक्राेनकाे संक्रमण देखिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया