युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

 पुष २९, २०७८ बिहीबार १३:२६:५२ | एजेन्सी
unn.prixa.net

 युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाले टिप्पणी गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनीतिक वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिनुभएको छ ।

उत्तर एट्लान्टिक सन्धी सङ्गठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उहाँले यो चेतावनी दिनुभएको हो । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यसहित ब्रसेल्समा नेटो र रुस काउन्सिलको वार्ता भएको थियो ।

रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० देश सदस्य छन् ।

ब्रसेल्समा भएको वार्तापछि बोल्दै रुसका उपविदेशमन्त्री अलेक्जेण्डर ग्रुस्कोले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि स्वीकार गर्न नसक्ने खालको खतराहरू पैदा गरेको बताउनुभएको बीबीसीले जनाएको छ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया