भारतको जीटीए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – चालु आर्थिक वर्षको मङ्सिर महिनामा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ ।
बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मङ्सिरसम्ममा रेमिट्यान्स ६ दशलमव आठ प्रतिशतले घटेको छ । मङ्सिरसम्म तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा रेमिट्यान्स वृद्धि दर सात दशमलव ५ प्रतिशतले घटेकोमा मङ्सिरमा केही सुधार देखिएको हो ।
यस्तै मङ्सिरसम्ममा देशको शोधनान्तर स्थिति अर्थात् भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँले बचतमा थियो ।
यस्तै देशको चालु खाता घाटा तीन खर्ब रुपैयाँ नाघेको छ । गएकाे वर्षको मङ्सिरसम्ममा १९ करोड ६६ लाख रुपैयाँ मात्रै घाटामा थियो । साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा विदेशी मुद्राको सञ्चिति एक अर्ब ७२ करोड डलरले घटेको छ । मङ्सिरसम्म आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने एक खर्ब दुई अर्ब ९२ करोड रहेकाले पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।