जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

 माघ २, २०७८ आइतबार १४:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् । 

जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ । 

अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्दको निर्णय गर्नुभएको थियो । 

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ । तर जोकोभिचले खोप नलगाएको पाइएको छ । जनवरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले अदालतमा मुद्दा जितेका थिए । 

तर हिजो उनलाई पुनः हिरासतमा लिइएको थियो । भोलिदेखि सुरु हुन लागेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा जोकोभिचले पहिलो चरणमा सर्बियाकै खेलाडीसँग खेल्ने तालिका थियो ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया