शेयर बजार ६९ अङ्कले बढ्यो : ९ अर्ब ६७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार

 माघ २, २०७८ आइतबार १६:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो । 

आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ । 

त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होटल साढे ५५ अंकले, वाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ । 

आज कारोबार रकम पनि बढेको छ । आज एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँमा कारोबार भएका छन् । यो कारोबार झण्डै तीन महिना यताकै उच्च हो । 

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया