शेयरबजार झण्डै २१ अंकले बढ्यो : सात अर्ब ९० करोड रुपैयाँको कारोबार

 माघ ३, २०७८ सोमबार १६:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय सकारात्मक लयमा रहेको शेयरबजार आज पनि बढेको छ । शेयरबजार परिसूचक नेप्से आज २० दशमलव ६९ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४४ विन्दुमा पुगेको छ । 

आज विकास बैंक, फाइनान्स र माइक्रो फाइनान्स समूहको शेयर घटेको छ । अरु समूहको शेयर बढेको छ । आज उत्पादन समूहको शेयर ९९ अंकले, जीवन बीमा समूहको शेयर ८० अंकले र जलविद्युत समूहको शेयर ५६ अंकले बढेको छ । 

आज एक करोड ४४ लाख कित्ता शेयर सात अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्र्रो कम्पनीको ४४ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर १० प्रतिशतले तथा सनराइज ब्लुचिप, सिँगटी हाइड्रो र सीईडीबी हाइड्रो कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि स्टान्डर्ड चार्टड बैंक, समिट लघुवित्त र युनिलिभर नेपालको शेयर साढे दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया