काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

 माघ ३, २०७८ सोमबार २०:७:४० | रासस
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले आज काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो । 

अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।    

नयाँ बनाइएको काष्ठमण्डपको भुईँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिसकिएको भए पनि प्राचीन स्मारक संरक्षण ऐन मिचिएको रिट निवेदनमा थियो । 

रिट निवेदनमा यस कार्यले धार्मिक आस्थामा चोट पुर्याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिचिएको, संवैधानिक मौलिक हक हनन भएको उल्लेख थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया