कोरोनाको खोप वितरणमा असमानता बढ्दै, स्वास्थ्यसँगै अर्थ व्यवस्थामा गम्भीर असर : डब्ल्यूएचओ

 माघ ५, २०७८ बुधबार ८:५३:४४ | एजेन्सी
unn.prixa.net

कोरोना विरुद्धको खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोना विरुद्धको खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी गर्ने  डब्ल्यूएचओले बताएको हो ।

खोप वितरणमा देखिएको यो असमानता तत्काल हटे स्वास्थ्य क्षेत्रमा देखिएको सङ्कट समाधान हुने डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रेयानले बताउनु भएको छ ।

वर्ल्ड इकोनोमिक फोरमको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अहिले केही धनी राष्ट्रले कोरोना विरुद्धको खोपको चौथो मात्रा समेत दिने तयारी गरिरहेका बेला अफ्रिकी लगायतका गरिब तथा विपन्न देशले पहिलो मात्रा समेत नपाएका भन्दै सचेत गराउनु भएको छ ।

खोपमा समान पहुँच नपुग्दासम्म कोरोनाको सङ्क्रमण नरोकिने उहाँको दाबी छ । यस्तै, उहाँले अब कोरोना पूरै हट्ने सम्भावना कम रहेको तर खोपको माध्यममार्फत यसबाट हुने गम्भीर सङ्क्रमणलाई भने रोक्न सकिने बताउनुभयो।

गम्भीर बिरामी हुनबाट रोकिए लकडाउन समेत गर्नु नपर्ने र यसले अर्थतन्त्रलाई फाइदा पुग्ने उहाँको भनाइ छ। 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया