इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

 माघ ५, २०७८ बुधबार १९:१७:२० | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट पारित भएको हो ।

राजधानी सार्ने कानुनलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने अवस्था आएको हो ।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिएकाे छ । यो ठाउँको छनाेट भने पूर्व राष्ट्रपति जोकोबीले गर्नुभएको थियो । इन्डोनेसिया विश्वको चौथो धेरै जनसङ्ख्या भएको देश हो । इन्डोनेसियामा अहिले २७ करोडभन्दा बढी जनसङ्ख्या रहेको छ।

तस्बिर : बुम्बर्ग डट कम 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया