टोङ्गामा ज्वालामुखी विस्फोटपछि पहिलोपटक सहायता सामग्री बोकेको विमान पुग्यो

 माघ ६, २०७८ बिहीबार १३:५२:५५ | एजेन्सी
unn.prixa.net

ज्वालामुखी विस्फोटका कारण क्षति पुगेको टोङ्गामा पहिलो पटक सहायता सामग्रीसहित विमान् पुगेको छ ।

न्यूजिल्याण्डले सहायता सामग्रीसहित आफ्नो सैनिक विमान टोंगाको प्रमुख विमानस्थलमा अवतरण गरेको बीबीसीले जनाएको छ । विमानस्थलको धावनमार्गमा रहेको ज्वालामुखीको खरानी तथा भग्नावशेष हटाएपछि विमान अवतरण गरेको हो । गएको शनिबार प्रशान्त महासागरको पानीमुनि भएको ज्वालामुखी विस्फोटका कारण टोंगाको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी विस्फोटपछि आएको खरानी तथा समुद्री छालका कारण टापु राष्ट्र टोङ्गामा ठूलो क्षति पुगेको छ । सञ्चार सेवा बन्द भएको छ भने खरानीका कारण टोङ्गाको अवस्था निकै गम्भीर रहेको बीबीसीले जनाएको छ ।

न्यूजिल्याण्डले पठाएका अरु विमान तथा पानीजहाजहरु टोङ्गा जाँदैछन् । ज्वालामुखी विस्फोटन भएपछि समुद्रमा फैलिएको तरङ्गले ठूलाठूला छालहरू उत्पन्न भएकाले १० हजार किलोमिटर पर रहेको पेरुमा पनि एउटा ट्याङ्करबाट कच्चा तेल समुद्रमा चुहिएको छ । पेरुले समुद्रमा तेल चुहिएको घटना कैयौँ वर्षमा आफूले झेलेको सबैभन्दा नराम्रो पर्यावरणीय विपद् भएको जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया