हिमपातले हुम्लामा हवाई उडान प्रभावित

 माघ ६, २०७८ बिहीबार १९:१३:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

हुम्ला - उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ ।

आज बिहानदेखि हुम्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् ।

हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्जसहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवाँलोसहित कुइरो लागेपछि उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई सेवा प्रभावित भएको हो ।

हुम्लामा लागि सीता, समिट र तारा एयरले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् । प्रतिकूल मौसमका कारण जिल्लामा बिहीवार खाद्यान्न सामग्री, दैनिक उपभोग्य तरकारीलगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो । 

सीता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यान्न ढुवानी गर्दै आएको थियो भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामग्री ढुवानी गर्दै आएका थिए।

हिमपातले आज हवाई सेवा ठप्प भएको हो । 

हिमपातले उत्तरी क्षेत्रको जनजीवन कष्टकर

आज बिहानदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।

नाम्खा गाउँपालिकाको लिमी, हल्जी, जाङ्, यारी, चाला र हिल्सालगायत उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातले यहाँका नागरिकलाई चिसो घरबाहिर निस्कन थप कठिनाइ बनाएको लिमीका स्थानीय पेमा लामाले बताउनुभयो । हिमपातसँगै चिसो अत्यधिक भएको लामाले बताउनुभयो । गाउँमा वृद्धवृद्धासहित बालबालिकालाई बढी समस्या बनाएको हो ।

हिमपातले सदरमुकाम सिमकोटमा चिसो अत्यधिक बढेको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया