काठमाण्डौ उपत्यकामा भोलि रातिदेखि जोर-बिजोर प्रणाली लागू हुने

 माघ ६, २०७८ बिहिबार २२:४:२९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भोलि (शुक्रवार) राति १२ बजेदेखि जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ । 

काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडी (दुई पाङ्ग्रेसहित)  जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाण्डौका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो ।

त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालाेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ । 

औषधि, स्वास्थ्य सामग्री बोकेका गाडीहरु, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका गाडी, पशुपक्षीका दाना, फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका तथा अन्य अत्यावश्यक सेवाका गाडीमा भने जोर-बिजोर प्रणाली लागू हुने छैन।  

विज्ञप्ति : 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • अमृत कुमार

    Jan. 21, 2022, 4:30 a.m.

    सवारीलाई जोर-विजोर गर्नु भन्दा यात्रुलाई जोर विजोर गराए सामाजिक दुरी कायम हुन्थ्यो कि???

  •  0 Reply

तपाईको प्रतिक्रिया