एक जना यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

 माघ ७, २०७८ शुक्रबार १४:३:९ | एजेन्सी
unn.prixa.net

अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ । विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Nur Pratap karki

    Jan. 21, 2022, 5:21 p.m.

    धेरै राम्रो यस्तो कडाइ नेपाल मा पनि लागू हुनुपर्छ। अनि बल्ल कोरोना नियन्त्रण मा आउँछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया