बेलायतमा नयाँ प्रतिबन्धहरु हट्दै, जनजीवन पुरानै लयमा फर्किँदै

 माघ ९, २०७८ आइतबार ६:४२:३७ | एजेन्सी
unn.prixa.net

बेलायतले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएसँगै लगाइएको नयाँ प्रतिबन्धहरु फुकुवा गर्न थालेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सङ्क्रमण फैलिएपछि रोकथामका लागि भन्दै लागू गरिएको ‘प्लान बी’ अन्तर्गतका नियम तथा प्रतिबन्ध हटाउने घोषणा गरेसँगै त्यहाँको जनजीवन पुरानै अवस्थामा फर्किन लागेको छ ।

बेलायतमा अब मास्कलाई अनिवार्य गरिने छैन भने सेल्फ आइसोलेशनको कडा नियमलाई पनि निरन्तरता दिइने छैन ।

ओमिक्रोन भेरियन्टको सङ्क्रमण कम हुँदै गएसँगै गएको बुधवार प्रधानमन्त्री जोनसनले कोरोना विरुद्धका प्रतिबन्धात्मक नियमलाई हटाइने बताउनु भएको थियो । तर, यो घोषणा आउँदो बिहीवारदेखि मात्रै लागू हुनेछ । घोषणाअनुसार यसअघि नाइट क्लब तथा अन्य ठूला कार्यक्रममा प्रवेश गर्नका लागि कोभिड पास अनिवार्य गरिएकोमा त्यो पनि हट्नेछ ।

यस्तै, सम्भव भएसम्म घरैबाटै काम गर्ने, सार्वजनिक ठाउँमा फेस मास्क लगाउनै पर्ने र माध्यमिक तहका विद्यार्थीले फेस कभर लगाउनु पर्ने नियम पनि हट्दै छ । तर, सार्वजनिक ठाउँ र भिडभाडमा जाँदा स्वविवेक प्रयोग गर्न प्रधानमन्त्री जोनसनको आग्रह छ ।

यस्तै, उहाँले कोभिड भएपछि सेल्फ आइसोलेट हुनुपर्ने कानुन पनि हटाउने तयारीमा रहेको बताउनु भएको छ । कोभिडको सङ्क्रमण अब रहिरहने भएकाले आफ्नो जीवनशैलीलाई परिवर्तन गरी सावधानी पूर्वक अगाडि बढ्नु पर्नेमा उहाँको जोड छ ।

ओमिक्रोन भेरियन्ट फैलिएपछि बेलायतले गएको डिसेम्बर ८ तारिखमा ‘प्लान बी’ लागू गरेको थियो । यसमा कयौँ प्रतिबन्धहरु समावेश गरिएको थिए । कोरोना विरुद्धका प्रतिबन्धहरु हटाउँदै गरेको बेलायतले बुस्टर डोजलाई प्राथमिकतामा राखेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया