युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखद्वारा राजीनामा

 माघ ९, २०७८ आइतबार ९:१२:१३ | एजेन्सी
unn.prixa.net

जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।

युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ ।

उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताउनु भएको थियो । उहाँको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिनु भएको हो ।

यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् ।

रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया