६ महिनामै व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ, आयात–निर्यात दुवै बढ्यो

 माघ ९, २०७८ आइतबार १४:१२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा झन्डै नौ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पुससम्म नेपालको व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । यो गएकाे वर्षको पहिलो ६ महिनाको भन्दा ४६ दशमलव ६४ प्रतिशतले धेरै हो ।

६ महिनामा नेपालले नौ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको ६ महिनाको तुलनामा ५१ प्रतिशतले धेरै हो । यस्तै एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो गएकाे वर्षको ६ महिनाको तुलनामा ९५ दशमलव ४८ प्रतिशतले धेरै हो । 

नेपालको व्यापार घाटा सबैभन्दा धेरै भारतसँग पाँच खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । ६ महिनामा भारतबाट ६ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ९६ अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । 

यस्तै ६ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा ४५ करोड रुपैयाँको मात्रै निर्यात हुँदा व्यापार घाटा एक खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया