काेराेनाका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे रद्द

 माघ ९, २०७८ आइतबार १७:१०:१४ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो काेभिड–१० (काेराेना भाइरस) काे ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ । उहाँले नियमित पत्रकार सम्मेलनमा आज आइतवार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ ।  

‘मेरो बिहे अगाडि बढ्ने छैन’, उहाँले पत्रकारहरूलाई भन्नुभयो । प्रधानमन्त्री अर्डर्नले यस्तै अवस्थामा परेकाहरूसँग माफी मागर्नुभएकाे छ । 

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत उहाँले दिनुभएको छ । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

अहिले विश्वभर नै काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन' काे सङ्क्रमण तीव्र गतिमा फैलिइरहेकाे छ । यसलाई लिएर स्वास्थ्य मापदण्डसहित मास्क र स्यानिटाइजरकाे प्रयाेग गर्न डब्ल्यूएचओ, यूएन लगायतले आग्रह गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया