चितवनमा नालीमा खसेर गैँडा मर्‍याे

 माघ ९, २०७८ आइतबार १८:४:१६ | रासस
unn.prixa.net

चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा खसेर परेर एउटा गैँडा मरेको छ ।

आज आइतवार दिउँसो साढे ३ बजेतिर गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुई वटा चोररसिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया