दक्षिण अफ्रिकाबाट उडेकाे विमानकाे पाङ्ग्रामा लुकेका व्यक्ति नेदरल्यान्ड्समा जीवितै भेटिए

 माघ १०, २०७८ सोमबार १४:४६:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएका नेदरल्यान्ड्सकाे प्रहरीले बताएकाे छ । 

जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ, यो कार्गाे (सामान बाेक्ने) विमान केन्याको नैरोबीमा एक पटक रोकिएको मानिएको बीबीसीले जनाएको छ । 

उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे अर्थात् पाङ्ग्राको खण्डमा लुकेर यात्रा गर्नेहरू बाँच्नका लागि यो असामान्य भएको बताइएको छ । 

ती व्यक्तिको उमेर र राष्ट्रियता भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘एक व्यक्ति विमानको नोज ह्वील सेक्शनमा जीवितै भेटिएका थिए र उनलाई सामान्य अवस्थामै अस्पताल पुर्याइयो’, रोयल डच मिलिटरी प्रहरीका प्रवक्ता जोआना हेलमन्ड्सले समाचार एजेन्सी एफीएफसँग भन्नुभयो । ती मानिस अझै जीवित हुनु असाधारण भएको उहाँले बताउनुभयो । 

डच प्रसारक एनओएसका अनुसार ती व्यक्तिको शरीरको तापक्रम घटनास्थलमा बढेको पाइएको र उनले साधारण प्रश्नको जवाफ दिएका थिए । 

ती व्यक्ति दक्षिण अफ्रिका वा केन्याबाट विमानमा चढेका थिए भन्नेबारेमा केही जानकारी नभएको नेदरल्यान्ड्सको उडानसम्बन्धी तथ्याङ्क राख्ने विभागले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया