१ सय अङ्कले घटेकाे शेयर बजार राताम्मे

 माघ १०, २०७८ सोमबार १५:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार झन्डै एक सय अङ्कले घटेको छ । हिजो आइतवार ११ अङ्कले घटेको नेप्से आज ९९ दशमलव ८६ अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । जीवन बीमाकाे शेयर पाँच सय ६९, निर्जीवन बीमाकाे पाँच सय ६ र विकास बैंक समूहकाे शेयर दुई सय ३४ अङ्कले घटेकाे छ । यस्तै माइक्राेफाइनान्सकाे एक सय ८३, व्यापारकाे एक सय १३, फाइनान्सकाे एक सय १०, र हाेटलकाे एक सय सात अङ्कले घटेकाे छ ।    

आज दुई सय २८ कम्पनीको एक करोड ७० लाख कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतकाे शेयरमा सकारात्मक सर्किट लागेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया