बुर्किना फासोका राष्ट्रपतिलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिए

 माघ १०, २०७८ सोमबार १७:१४:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बुर्किना फासोका राष्ट्रपति रोच काबोरेलाई विद्रोही सैनिकहरूले हिरासतमा लिएका बीबीसीले जनाएको छ । पश्चिम अफ्रिकी राष्ट्रका केही सेनाहरूले सैन्य प्रमुखलाई बर्खास्त गर्न र इस्लामवादी लडाकुसँग लड्न थप साधनको माग गरेका छन् ।  यसअघि राष्ट्रपति भवन नजिक र राजधानी वागदोगुको ब्यारेकमा रातभर गोली चलेको आवाज सुनिएको थियो । 

सरकारले हिजो आइतवार सैन्य कु र राष्ट्रपति पक्राउबारेको खबरकाे खण्डन गरेको थियो । विद्रोही सैनिकहरूले राष्ट्रपति काबोरेलाई एक सैन्य शिविरमा हिरासतमा लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । 

एक भिडियोमा राजधानी वागदोगुमा बख्तरबन्द गाडी देखिएको छ जसलाई राष्ट्रपतिले उपयोग गर्ने बताइएको छ, त्यो गाडीमा गोली लागेर प्वाल परेको देख्न सकिन्छ । 

हिजो सयौँको सङ्ख्यामा मानिसहरू सडकमा आएर विद्रोही सेनाको समर्थनमा प्रदर्शन गरेको थिए । केही व्यक्तिले सत्ताधारी पार्टीको मुख्यालयमा आगो पनि लगाएका थिए । त्यसपछि रातमा कर्फ्यु लगाइएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया