अफ्रिकन कप अफ नेसन्स : रङ्गशालामा भागदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गयो

 माघ ११, २०७८ मंगलबार ८:२६:४३ | एजेन्सी
unn.prixa.net

अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

प्रि–क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् । क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो ।

क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो । घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ ।

१० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २–१ गाेलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया