भारतमा विदेशी सहयोगबाट चल्ने ६ हजार वटा एनजीओ बन्द हुने अवस्थामा

 माघ ११, २०७८ मंगलबार १७:४७:४० | एजेन्सी
unn.prixa.net

भारतकाे सर्वाेच्च अदालत

भारतमा विदेशी सहयोगमा सञ्चालित ६ हजार वटा गैरसरकारी संस्था (एनजीओ) बन्द हुने अवस्थामा पुगेका छन् । केन्द्रीय सरकारले प्रतिबन्ध लगाएका र नवीकरण रोकेका ६ हजार वटा संस्थाको तर्फबाट दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले आज मङ्गलवार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ती संस्था बन्द हुने अवस्थामा पुगेका हुन् ।

सर्वोच्चले आफ्नो समस्या पहिले केन्द्र सरकारसँग राख्न र सरकारले कानुनअनुसार काम गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले एक सय ७९ वटा संस्थामाथि प्रतिबन्ध लगाएको छ भने पाँच हजार सात सय ८९ वटा संस्थाको नवीकरण गर्न अस्वीकार गरेको थियो ।

सरकारको यो निर्णयले सबैभन्दा ठूलो असर मदर टेरेसाद्वारा स्थापित मिसिनरी च्याटिरी, अक्सफाम भारत, जामिया मिल्लिया इस्लामिया जस्ता मुस्लिम केन्द्रित संस्थामा परेको छ । सरकारले धर्मान्तरण जस्ता क्रियाकलापमा संलग्न एनजीओलाई पनि कारबाही गरेको छ ।

सरकारको आलोचना गर्ने, मुस्लिम तथा अल्पसङ्ख्यक र दलित समुदायको हितमा काम गर्ने संस्थामाथि प्रतिबन्ध र नवीकरण नगरेको भन्दै आलोचना भएको छ । तर आन्ध्र प्रदेशमा राष्ट्रिय स्वयंसेवक सङ्घलाई सहयोग गर्ने सेवा भारती र त्रिपुरामा इशाई धर्मान्तरणको विरोध गर्ने शान्तिकालीन मिसन पनि कारबाहीमा परेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया