फाइजर र बायोएनटेकद्वारा ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु

 माघ १२, २०७८ बुधबार ६:३९:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फाइजर र बायोएनटेक कम्पनीले कोरोनाको ओमिक्रोन भाइरसका लागि खोप परीक्षण सुरु गरेको छ । ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन केन्द्रित खोपका लागि क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीले जनाएको छ ।

परीक्षणका क्रममा रोग प्रतिरोधात्मक प्रतिक्रिया केन्द्रमा राखिएको र आउँदो मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयासमा रहेको फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले बताउनुभएको छ । कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार यसअघिका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनका कारण देखिन सक्ने गम्भीर खतरालाई टार्न सक्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । तर यसबाट आउनसक्ने दीर्घकालीन असरबारे अध्ययन थालिएको छ ।

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले कोभिडसँग लड्न बनाइएको यसअघिका खोपले ओमिक्रोनविरुद्ध पूर्ण रुपमा काम नगरेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया