भारतले ७३ औँ गणतन्त्र दिवस मनाउँदै, दिल्लीको राजपथमा भव्य सैनिक परेड (तस्बिरहरू)

 माघ १२, २०७८ बुधबार १५:५:४६ | एजेन्सी
unn.prixa.net

भारतले आज बुधवार आफ्नो ७३ औँ गणतन्त्र दिवस मनाइरहेकाे छ । दिल्लीको राजपथमा आयोजित समारोहमा भव्य सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शनसहित भारतले दिवस मनाइरहेकाे बीबीसी हिन्दीले जनाएको छ ।

समारोहमा ७५ वटा विमान र होलिकप्टरले कला प्रदर्शन गरेका छन् । समारोहमा पूर्ण मात्रा खोप लगाएकाहरूलाई मात्र सहभागी गराइएको बीबीसी हिन्दीले जनाएको छ । विदेशी पाहुनालाई भने नबोलाएको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय स्वतन्त्रताको ७५ औँ वर्षगाँठ पनि भएकाले समारोहलाई आजादीका अमृत महोत्सव भनिएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको राष्ट्रिय फूल ब्रम्हकमल अङ्कित पहिरन र परम्परागत टोपी लगाउनुभएको थियो । उत्तराखण्डमा विधान सभा चुनाव हुन लागेकाले चुनावी आकर्षणका लागि मोदीले उत्तराखण्डको पोसाक लगाउनुभएको भारतीय सञ्चारमाध्ययमले चर्चा गरेका छन् । 

तस्बिर : एजेन्सी

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया