गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

 माघ १२, २०७८ बुधबार १९:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएकाे मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् ।  

पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे ।

यस्तै अन्य कोटामा आलेमगरले स्थानीय तहमार्फत १ हजार ६ सय ५६ मतभार र प्रदेश सभामार्फत १ हजार ४सय ४० मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहमार्फत १ हजार ३ सय ५० मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ४४ मतभार पाउनुभयाे ।

दलित कोटामा सुनारले स्थानीय तहमार्फत १ हजार ६ सय ३८ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया