युक्रेनलाई नाटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको माग अमेरिकाद्वारा अस्वीकार

 माघ १३, २०७८ बिहीबार ८:४२:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । उहाँले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिनुभएको छ । तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाबारे आफ्नो देशले अध्ययन गर्ने बताएको बीबीसीले जनाएको छ ।

यसअघि रुसले नाटो सैन्य गठबन्धन बिस्तार र सुरक्षा मामिलाबारे आफ्नो चासो र चिन्ताको लिखित सूची निकालेको थियो । त्यसमा युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने उल्लेख छ । यसैबीच रुस, युक्रेन, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले अन्य मुद्दामा मतभेद भए पनि पूर्वी युक्रेनको डोनबास क्षेत्रमा युद्धविराम जारी राख्नेमा सबै सहमत रहेको बताएका छन् ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया