आजदेखि टाटा समूहकाे भयाे एअर इन्डिया

 माघ १३, २०७८ बिहीबार १६:५६:० | एजेन्सी
unn.prixa.net

भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ । 

अधिग्रहणको घोषणाअघि 'टाटा सन्स' का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो । 

यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा 'टाटा सन्स' ले सबैभन्दा धेरै रकम अघि सारेकाे थियो । योसँगै एअर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।

रतन टाटाले एअर इन्डियाको घर फिर्तीको स्वागत गर्दै भन्नुभएको छ, ‘टाटा समूहका लागि एअर इन्डियाको अधिग्रहण लिन पाउनु एक निकै ठूलो खबर हो । एअर इन्डियालाई फेरि उठाउनका लागि हामीले निकै कोसिस गर्नुपर्ने हुन्छ ।’ 

एयर इन्डियाकाे इतिहासकाे कुरा गर्दा यसकाे सुरुवात सन् १९३२ अप्रिलमा भएकाे थियाे । यसकाे स्थापना उद्योगपति जेआरडी टाटाले गर्नुभएकाे थियाे । त्यस समय एअरलाइन्सकाे नाम टाटा एअरलाइन्स थियाे ।

याेसँगै एअरलाइन्सकाे पहिलाे व्यावसायिक उडान सन् १९३२ अप्रिल १५ मा भएकाे थियाे । त्यस बेला मात्र सिङ्गल इन्जिनकाे 'ह्याभील्यान्ड पस माेथ' हवाई जहाज थियाे जुन जहाज अहमदाबाद–कराचीकाे बाटाे भएर मुम्बई गएकाे थियाे । जहाजमा त्यस समय एक जना पनि यात्रु थिएनन्, २५ किलाे चिठी राखिएकाे थियाे । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया