बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जलाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार

 माघ १३, २०७८ बिहीबार १८:३५:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ । 

सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ ।

सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० काे हाराहारीमा पुगेको छ । यस्तै भारतको सत्यमङ्गलम् टाइगर रिजर्भमा सन् २०११ मा २५ वटा बाघ रहेकोमा अहिले बढेर ८० काे हाराहारीमा पुगेकाे डब्ल्यूडब्ल्यूएफले जनाएको छ ।

टाइगर्स अलाइभ इनिसिएटिभका प्रमख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयवासीले देखाएको संरक्षण निकै तारिफयोग्य र असाधारण रहेको बताएका छन् । यस्तै एकीकृत आवास कार्यक्रम आईयूसीएनका संयोजक सुगोतो रोयले बाघको वासस्थानको सुधार, सिकारीको कडा अनुगमन र स्थानीयवासीको इमाादारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया