रुस–युक्रेन तनाव : युरोप जोड्ने रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

 माघ १४, २०७८ शुक्रबार ८:२१:२२ | एजेन्सी
unn.prixa.net

युक्रेनको विषयलाई लिएर अमेरिकाले रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ।

अमेरिकाले युरोप जोड्ने प्रमुख रुसी ग्याँस पाइपलाइनलाई सञ्चालन हुन नदिने चेतावनी दिएको हो ।

नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । रुसले युक्रेनमा हमला गरे ग्याँस पाइपलाइन परियोजनामा प्रतिबन्ध लाग्न सक्ने भनिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताउनुभएको छ । साथै अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने उल्लेख छ । पश्चिमा साझेदारहरूले रुसले आक्रमण गरेमा उसको अर्थतन्त्रलाई निसाना बनाउने समेत बताएका बीबीसीले जनाएको छ ।

तर रुसले आफूले आक्रमण गर्ने कुनै पनि योजना नबनाएको बताउँदै आएको छ । तर युक्रेनको सीमामा सुरक्षा फौज खटाएपछि तनाव चुलिएको छ । अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषदमा छलफल गरियोस् भन्ने माग समेत गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया