जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप : २७ जनाको ज्यान गयो

 माघ १४, २०७८ शुक्रबार ११:५८:३९ | एजेन्सी
unn.prixa.net

जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गएको छ ।

सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ ।

घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाकाे दाबी छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया