अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

 माघ १५, २०७८ शनिबार ८:३६:१९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम रहेको समेत प्रतिक्रिया दिएको छ ।

अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसको भनाइ छ । रुसले सैन्य गठबन्धन नाटोमा युक्रेन समावेश हुन नहुने माग गरेको छ । तर अमेरिकाले भने यो माग अस्वीकार गरेको छ । 
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया