आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

 माघ १५, २०७८ शनिबार ११:१३:४४ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई आग्रह गर्नुभएको छ ।

पछिल्ला घटनाक्रम र बढ्दो तनावले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको राष्ट्रपति जेलेन्स्कीले बताउनु भएकाे बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व अहिलेसम्म टार्नै नसक्ने अवस्थामा पुगिनसकेको बताउनुभएको छ ।

युक्रेनी सीमामा दशौँ हजार रूसी सेनाको उपस्थितिलाई अमेरिकाले धेरै गम्भीरताका साथ लिइरहेको तर अझै पनि कुटनीतिक पहलबाट समाधान गर्न सकिने उहाँको भनाइ छ । ‘कुटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । अमेरिकाले हाम्रा सहयोगी र साझेदारसँग रुसलाई सङ्कटबाट टाढा र थप सुरक्षातर्फको बाटो प्रस्ताव गरेको छ’ उहाँले भन्नुभएको छ ।

कुनै पनि रुसी आक्रमणले युक्रेनमा थप द्वन्द्व मात्र निम्त्याउने छैन, यसले राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको आधारभूत सिद्धान्त पनि उल्लङ्घन गर्ने अस्टिनले बताउनुभएको सीएनएनले जनाएको छ । युक्रेनको विषयलाई लिएर तनाव बढ्दै जाँदा रुसले पनि द्वन्द्व नचाहेको बताउँदै आएको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया