कोरोनाका कारण बुवाआमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ताकाे लागि विवरण माग

 माघ १५, २०७८ शनिबार १६:२९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना महामारीका कारणका बुवाआमा गुमाएका बालबालिकालाई मासिक भत्ता दिनको लागि काठमाण्डौ महानगरपालिकाले विवरण माग गरेको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको आमाबुवा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले मासिक भत्ता दिने निर्णय कार्यान्वयनको लागि काठमाण्डौ महानगरपालिकाले वडा कार्यालयहरुबाट विवरण माग गरेको हो । महानगरपालिकाले विवरण भर्नुपर्ने ढाँचा पनि पठाएको छ ।

विवरणमा बालबालिकाको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र, बुवा आमा दुवैको मृत्युदर्ताको प्रमाणपत्र, बुवाआमा दुवैको मृत्यु कोरोनाकै कारण भएको भन्ने अस्पतालबाट प्रमाणित कागजात र सम्बन्धित वडाको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।

राजेन्द्र पाण्डे मूख्यमन्त्री बनेपछि वाग्मती प्रदेश सरकारले काेराेनाका कारण बुवाआमा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको थियो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pramod Kumar Sah

    Jan. 29, 2022, 11:25 p.m.

    मेरो विचारमा ३००० रुपियाँ धेरै कम भयो , किनभने हाम्रो देशमा रासनपानीको लागि प्रतिव्यक्ति कम्तिमा ६००० रुपियाँ खर्च हुन्छ / यो ३००० के को लागि हो ? पहिले त्यो थाहा भए राम्रो हुन्थ्यो कि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया