अमेरिकामा हिमआँधी : पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा, पाँच हजारभन्दा धेरै हवाई उडान रद्द

 माघ १६, २०७८ आइतबार ६:५३:१८ | एजेन्सी
unn.prixa.net

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।

चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँकाे राष्ट्रिय मौसम विभागले  जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो ।

यस्तै, भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । त्यहाँका सरकारले सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।

अमेरिकाका सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ । भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् ।

तस्बिर : स्काइ न्युज 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया