अफगानिस्तानका पूर्व अधिकारीले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

 माघ १६, २०७८ आइतबार ७:५९:५८ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ ।

टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, 'अफगान नागरिकहरूले नेसेर अहमद फैकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र अहिले देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।'

अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भन्नुभयो, 'म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तर्राष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु ।'

'तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू बाँच्नैका लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन्, यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्' उहाँले भन्नुभयो ।

भ्रष्ट पूर्व अधिकारीहरूलाई शरण नदिन अन्तर्राष्ट्रिय समुदायलाई उहाँको आग्रह छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया