कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध प्रदर्शन उग्र बन्दै, प्रधानमन्त्रीले घर छाडे

 माघ १७, २०७८ सोमबार ९:२७:० | एजेन्सी
unn.prixa.net

कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध  प्रदर्शनले उग्र रुप लिएको छ ।

क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गरेपछि त्यसविरुद्ध प्रदर्शन सुरु भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि सुरु भएको विरोधमा अहिले अन्य माग पनि थपिएका छन् ।

कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन ठप्प भएको छ । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।

प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यस्तै, प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित घर छाडेका बीबीसीले जनाएको छ । तर, उहाँ घर छाडेर कहाँ  जानु भयो भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि विरोध  प्रदर्शनका क्रममा प्रधानमन्त्री ट्रुडोले प्रदर्शनकारीलाई ‘अल्पसङ्ख्यक’ भन्दै टिप्पणी गर्नु भएकाे थियो । तर, अहिले प्रदर्शन व्यापक हुँदै गएको छ । ट्रक चालकले थालेको प्रदर्शनमा अहिले सयौँ नागरिकको पनि साथ रहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया