ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कोरोना भाइरस सङ्क्रमण भइसकेको मानिसको फोक्सोमा हतपत पत्ता नलाग्ने खराबी देखाउने नयाँ प्रविधि पत्ता लागेको छ ।
बेलायतमा यो प्रविधिमार्फत गरिएको प्रारम्भिक अध्ययनले कोभिड भएका मानिसको फोक्सो सहजै पत्ता नलाग्ने गरी क्षति भएको देखाएको बीबीसीले जनाएको छ ।
नियमित जाँचबाट नदेखिने फोक्सोको अस्वाभाविक रुपबारे अध्ययनका लागि वैज्ञानिकहरूले नयाँ ग्याँस स्क्यान प्रक्रिया अपनाएका थिए ।
कोभिडको प्रारम्भिक चरणमा अस्पतालको उपचार आवश्यक नभएका तर पछि लामो समयसम्म श्वासप्रश्वासको समस्या भएका ११ जनामा यो प्रविधिमार्फत अध्ययन गरिएकोमा नियमित जाँचबाट पत्ता नलाग्ने गरी क्षति भएको देखाएको हो ।
यसबारे अझै बृहत् र विस्तृत अध्ययन भइरहेको खबरमा जनाइएको छ । कोभिड भएपछि अस्पताल भर्ना भएका मानिसहरूमा गरिएको यसअघिकै अध्ययनमा आधारित भएर नयाँ अध्ययन थालिएको थियो ।
अनुसन्धानकर्ताहरूले अध्ययनबाट दीर्घ कोभिड भएका प्रायजसाे बिरामीलाई किन श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ भन्नेबारे थप प्रष्ट पार्ने बताएका छन् । जाँचमा अरू कुनै रोग नदेखिए पनि कोरोना भाइरस सङ्क्रमण लक्षण कयौँ हप्तासम्म निको नहुने अवस्थालाई दीर्घ कोभिड भन्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।