अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

 माघ १७, २०७८ सोमबार १८:५२:३२ | एजेन्सी
unn.prixa.net

वाशिङ्टनमा रहेकाे अफगान दूतावास, तस्बिर : एजेन्सी

अमेरिकाले आफ्नो देशमा रहेको अफगान दूतावास बन्द गरेर अफगान कूटनीतिज्ञहरूलाई दिइएको कुटनीतिक उन्मुक्ति खोसेको छ । 

यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्युयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्युजले जनाएको छ । अमेरिकामा रहेका अफगान कुटनीतिज्ञहरूलाई यस हप्ताको सुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो । 

अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ । यद्यपि एक कुटनीतिज्ञले अल अरबियालाई भने, उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन्, पजवोक अफगान न्युजले उल्लेख गरेको छ ।

अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिवानद्वरा काबुल नियन्त्रणपछि वाशिङ्गटनको यो कदम झन्डै ६ महिनापछि आएको हो । तालिबानलाई संयुक्त राज्य अमेरिकासहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया