पृथ्वीमा रुखका प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएभन्दा १४ प्रतिशत बढी

 माघ १८, २०७८ मंगलबार २०:३:४५ | एजेन्सी
unn.prixa.net

ब्राजिलमा रहेकाे अमेजन जङ्गल

पृथ्वीमा रुखको प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएको भन्दा १४ प्रतिशतले धेरै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि ७३ हजार तीन सय प्रजातिका रुख रहेको अनुमान गरिएकोमा अझै नौ हजार दुई सय प्रजाति पत्ता लाग्न बाँकी रहेको अनुसन्धानकर्ताहरूले बताएका हुन् । 

दक्षिण अमेरिका, अफ्रिका र एसियाका उष्ण प्रदेश र उपोष्ण प्रदेशमा अज्ञात प्रजातिका रुखहरू रहेको पाइएको अध्ययन टोलीका प्रमुख एवम् अमेरिकाको सेन्ट पाउलमा रहेको मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर पिटर राइसले बताउनुभएको बीबीसीले जनाएको छ । तर उष्ण प्रदेशीय वनका धेरै दुर्लभ प्रजातिहरू जलवायु परिवर्तन र वन विनाशका कारण तीव्र रूपमा लोप भइरहेका पनि अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । संसारभरिका एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रुखहरूको तथ्याङ्क प्रयोग गरेर वैज्ञानिकहरूले रुखका प्रजातिको सङ्ख्या अनुमान गरेका हुन् ।

पृथ्वीको अद्भूत जैविक स्वरूपलाई जोगाउन थप कदम आवश्यक रहेको अध्ययनको निष्कर्षमा भनिएको छ । अध्ययनको परिणामले विश्वभरि विभिन्न प्रजातिका रुख जोखिममा रहेको देखाएको छ । दक्षिण अमेरिका महाद्वीपमा कुल सङ्ख्याको ४३ प्रतिशत प्रजाति लोप भइसकेका प्रतिवेदनमा उल्लेख छ । 
 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया