अमेरिकाले यूएईलाई लडाकु विमान र मिसाइल नष्ट गर्ने युद्धपोत पठाउने

 माघ १९, २०७८ बुधबार १३:५६:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ । 

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका बताइएको छ । त्यो आक्रमणमा यूएईका केही नागरिकको ज्यान गएको थियो । हुथी विद्रोहीहरूको आक्रमणका कारण अमेरिका र यूएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठेको पेन्टागनले भनेको छ । अमेरिका यूएईसँग आफ्नो रणनीतिक साझेदारीलाई लिएर प्रतिबद्ध रहेको रक्षा मन्त्री लायड अस्टिनले जोड दिनुभएको छ । 

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले मिसाइल नस्ट गर्ने युद्धपोत यूएसएस कोल यूएई पठाउनेछ, जसले त्यहाँको जलसेनासँग मिलेर काम गर्नेछ । अमेरिकी रक्षा मन्त्रीले यूएईका राजकुमारलाई अमेरिकाले सहयोगका लागि फाइटर एअरक्राफ्ट पनि जुटाइरहेको जानकारी दिनुभएको छ ।

गएको महिना यूएईमाथि हुथी विद्रोहीहरूले ड्रोन आक्रमण गरेका थिए, जसमा तीन जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया